Dhulikhel Eco Banner new

सामान्य अकंले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

468
shares

काठमाडौँ, ४ भदौ । बिहीवार शेयर बजार सामान्य अकंले बढेको छ । शेयर बजार ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य बढेको छ । १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।

सामान्य अकंले बढेको शेयर बजारमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कुमारी इक्विटी फन्डका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले ४.६१ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी म्युचुअल फन्ड १का लगानीकर्ताले ४.३० प्रतिशतका दरले गुमाएका छन् ।