Dhulikhel Eco Banner new

दुई बीमा कम्पनीको शेयर कारोबार रोक्का

4.49K
shares

काठमाडौं, ३० असार । सगरमाथा इन्स्योरेन्सर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इस्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता भएको हो । उक्त सम्झौतासँगै दुवै कम्पनीको कारोबार रोक्का भएको छ ।

दुवै कम्पनीका अनुसार असार २९ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार ३० गते दुवै कम्पनी गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

दुवै कम्पनी मर्जरमा जाने भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको हो ।