नयाँ सारथी लघुवित्तको बोनस शेयर सूचीकृत
वि.सं.२०७९ साउन २ सोमवार ०९:१७
4.82K
shares
shares

काठमाडौं, २ साउन । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका बोनस शेयर स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाले सो प्रतिशत दरका ४ लाख ८४ हजार ४१२ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।



















