Dhulikhel Eco Banner new

जाल्पा सामुदायिक लघुवित्तको नाफा घट्यो

7.66K
shares

काठमाडौं, १६ साउन । जाल्पा सामुदायिक घलुवित्तको नाफा घटेको छ । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६७ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि नाफामा दबाव परेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.२० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी समेत ४०.३१ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १.४५ प्रतिशत घटेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ३४ पैसा घटेर ६१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.४२ प्रतिशत बढेको छ भने जगेडा कोष २५.९९ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ५७.८९ प्रतिशत, निक्षेप २०.५२ प्रतिशत र कर्जा ४०.२९ प्रतिशत बढेको छ ।