Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तको नाफा १३ प्रतिशतले घट्यो

6.79K
shares

काठमाडौं, १६ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ भने खुद नाफा १३.०२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.०२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४७.११ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १६.०६ प्रतिशत घटेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.४१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ ।

सम्भावित घाटाको प्रावधान ४ अर्ब ५३ करोड रहेको छ भने सोही अवधिमा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ राइट ब्याक गर्न सक्नेछ । कम्पनीको एनपीएल २.०८ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ ।