मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ साउन १६ सोमवार १०:४८
4.65K
shares
shares

काठमाडौं, १६ साउन । देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ, र बागमती प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
उक्त प्रणाली दक्षिण पश्चिम तिर सर्दै गइरहेको छ । आज देशै भरी वर्षाको गतिविधि भइरहने हुँदा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ



















