Dhulikhel Eco Banner new

सहकारी बारे विज्ञापन बोर्डको भ्रमपूर्ण विज्ञापन

10.04K
shares

काठमाडौं, २ भदौ । विज्ञापन बोर्डले सहकारीका बारेमा भ्रमपूर्ण विज्ञापन प्रकाशन गरेको छ । बोर्डले सहकारीमा पैसा जम्मा गर्दा विश्वसनीयता परीक्षण गरेर मात्रै जम्मा गर्न र बढी ब्याजको लोभमा साँवा समेत गुम्म सक्ने किसिमको विज्ञापन प्रकाशन गरेको हो ।

बिज्ञापन बोर्डले जारी गरेको सूचनामा बचत गर्दा ध्यान दिऔँ, सहकारीलगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परीक्षण गर्न नबिसौं । बढी ब्याजको लोभमा नफसौं र ब्याजको लोभमा साँवा समेत नगुमाऔँ भनिएको छ । यो विज्ञापनको बैंकर्सहरुले पनि विरोध गरेका छन् ।

यस विषयमा बैंकर्स मनोज ज्ञावाली सामाजिक सञ्जाल फेसबुकामा लेख्छन्– ‘विज्ञापन बोर्ड को यो विज्ञापन सही छ तर समय सही हो त ? केही खÞराब सहकारी का कारण धेरै राम्रा सहकारीहरु समेत ले श्रोत ब्यबस्थापनमा समस्या झेलीरहेको बेला सरकारी तवर बाट प्रसारित हुने एस्ता बिज्ञापन ले सहकारीको श्रोत परिचालन मा कती र कस्तो असर पर्छ हेर्नु पर्ने की नपर्ने ?’

‘१० खर्बको हाराहारी श्रोत परिचालन गरिरहने बेलासम्म चुप बस्ने, पर्याप्त नियमन को ब्याबस्था नगर्ने अनी समस्या सृजना भयो भने पटकपटक यस्ता विज्ञापन छापेर जिम्मेवारी पुरा भएको सम्झने हो त ? प्रभाबकारी नियमन को बारेमा सोचौँ,’ उनले लेखेका छन् ।