Dhulikhel Eco Banner new

सुधारियो शेयर बजार, आज २७ अंकले बढ्यो

4.23K
shares

काठमाडौं, २ भदौ । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक २७ दशमलव ७२ अंकले बढेको छ । हिजो सामान्य अंकले घटेको नेप्से परिसुचकमा सामान्य सुधार भएको हो ।

बिहिबार नेप्से परिसुचक १ दशमलव ३६ प्रतिशतले बढेर २०६८ दशमलव ४२ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मपन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ४१ अंकले वृद्धि भएको छ ।

आज दिनभर भएका ४१ हजार ५ सय ७१ कारोबारबाट २२० कम्पनीका ३१ लाख १ हजार २ सय ९० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ पुगेको छ ।