Dhulikhel Eco Banner new

आज कुन-कुन कम्पनीले सर्वाधिक कमाए ?

3.77K
shares

काठमाडौं, २ भदौ । बिहिबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७।७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ ।

शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ । आज धितोपत्र दोस्रो बजारमा दुई अर्ब ५ करोडमाथिको कारोबार भएको छ ।

सो रकमबराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर किनबेच भएको छ । कम्पनीको आज एकैदिन १० करोड माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको ७ करोड ८० लाख, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, अरुण काबेली पावरको ५ करोड ५६ लाख र आइसिएफसी फाइनान्सको ५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।