Dhulikhel Eco Banner new

पश्चिम नेपालमा विहानै भुकम्पको धक्का : कहाँ के–कति क्षती भयो ?

5.72K
shares

काठमाडौं, ४ भदौ । बाँक जिल्लाको हात्तिसारमा केन्द्रविन्दु भएर शनिबार बिहान गएको भुकम्पले कतै पनि क्षति नपुगेको बताइएको छ । शनिबार बिहान बाँकेको हात्तिसारमा केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भुकम्प गएको थियो ।

भुकम्पको केन्द्र विन्दु भएको बाँके जिल्लामा क्षति भएको कुनै जानकारी नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिए । ‘अहिलेसम्म अवस्था सामान्य छ, क्षति भएको कुनै पनि विवरण आएको छैन,’ उनले भने । त्यस्तै बाँकेको छिमेकी जिल्ला बर्दियामा पनि केही कतै क्षति भएको जानकारी नआएको र अवस्था सामान्य रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए ।

पश्चिम नेपालका बाँके, बर्दिया, सुर्खेत, दैलेख, प्युठान लगायत जिल्लामा भुकम्पको धक्का महसुस गरिएको थियो । रातिको समयमा मानिसहरु चिच्याउँदै घर बाहिर निस्केका थिए । भुकम्पले सुर्तेत जिल्लामा समेत कुनै क्षति नपुर्‍याएको त्यहाँका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।