विमानस्थलबाट पक्राउ परेका व्यक्तिलाई दिसा गराउँदा निस्कियो करिब एक किलो सुन
वि.सं.२०७९ भदौ ५ आइतवार १४:४१
shares

काठमाडौं, ५ भदौ । त्रिभुवन विमानस्थलमा पक्राउ परेका एक व्यक्तिले करिब १ किलोग्राम सुन दिसा गरेका छन् । शंका लागेर शनिबार पक्राउ गरिएका ती व्यक्तिलाई दिसा गर्न लागाइयो र दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको हो ।
शनिबार बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाडांै मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा लगेर उनलाई दिसा गर्न लगाइएको थियो ।
दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















