Dhulikhel Eco Banner new

शेयर बजार राताम्मे, आज ७ अंकको गिरावट

5.49K
shares

काठमाडौं, ५ भदौ । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक ७ दशमलव ७२ अंकले घटेको छ । अघिल्लो एक सातामा १ प्रतिशतले बढेको नेप्से परिसुचक आज भने शुन्य दशमलव ३७ प्रतिशतले घटेर २०६० दशमलव ५५ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४९ अंकले घटेको छ । दिनभर भएका जम्मा ४३ हजार ४ सय ५५ कारोबारबाट २१८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट सम्पूर्ण कारोबार रकम २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ पुगेको छ ।