Dhulikhel Eco Banner new

फोन नम्बर अशुभ भएको भन्दै जागिरको आवेदन अस्वीकार

6.59K
shares

काठमडौं, ३ असोज । एक चिनियाँ शैक्षिक कम्पनीका अन्धविश्वासी प्रबन्धकले जागिरका लागि आवेदन दिनेहरुको फोन नम्बर अशुभ भएको भन्दै उनीहरुको आवेदन अस्वीकार गरेका छन् । ति प्रबन्धकले फोन नम्बरको अन्तिममा ‘५’ अंक हुनेहरुको आवेदन अस्वीकार गरेका हुन् ।

अन्धविश्वासका कारण यस्तो कार्य गरिएको भन्दै उनको विरोध गरिएको छ । चिनियाँ समाचार एजेन्सीले गुआङडोङ्गस्थित शेन्जेनको एउटा शैक्षिक कम्पनीको अनौठो घटनाबारे जानकारी दिइरहेका छन् । जसमा कथित रुपमा फोन नम्बरमा पाँचौ अंकको रुपमा ‘५’ भएका व्यक्तिहरुको जागिरको आवेदन अस्वीकार गरे किनभने उनलाई यो ‘ब्याड लक’ लाग्छ ।

ती आवेदकहरुलाई कम्पनीमा साँच्चै नै काम गर्न इच्छुक भए नम्बर परिवर्तन गर्न भनिएको थियो । दक्षता वा कामको नैतिकतासँग कुनै सरोकार नभएको यो अचम्मको घटनाबारे चिनियाँ मिडियामा एउटा ठूलो बहस निम्तिएको छ । जसका कारण चिनमा अन्धविश्वासले त्यहाँको दैनिक जीवनमा ठूलो हिस्सा ओगटेको छ भन्ने विषयलाई प्रष्ट पारेको छ ।

# company Doesn’t Hire People Whose Phone Number Has 5 as 5th Digit चीनमा आगोसरी फैलिएको छ । एउटा शैक्षिक कम्पनीको यस्तो हास्यास्पद नीति कसरी हुनसक्छ भन्नेबारे धेरैले प्रश्न उठाइरहेका छन् । यद्यपि, कतिले भने कमेन्ट गर्दै म्यानेजरको निर्णयमाथि सहमति पनि व्यक्त गरेका छन् ।

ह्वाट्स अन वेबोमा हालै एकजना जिमेनजुन नामका ज्योतिष र न्युमिरोलोजीका विशेषज्ञले यो अचम्मको निर्णय सम्भवतः ‘बुक अफ चेन्जेज’ भनिने पुरातन चिनियाँ भविष्यवाणी पाठ …. बाट प्रेरित भएको हुनसक्ने बताएका छन् । यसमा एकभन्दा बढी ‘५’ हुनुलाई ठिक मानिँदैन ।

जिमेनजुनले थपे, ‘कुनै व्यक्तिको फोन नम्बरको पाँचौ नम्बरमा अंक ‘५’ छ भने उनीहरुको आफ्नो बोससँग छिट्टै झगडा पर्ने र आफ्नो बोसका लागि अभागी पनि साबित हुन सक्छन् ।’