Dhulikhel Eco Banner new

धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी बजार तनावग्रस्त

3.56K
shares

काठमाडौं, ६ असोज । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो ।

कक्षा १ मा पढ्ने विजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

अहिले गजुरी बजार तनावग्रस्त भएको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् ।