सूर्या लाइफले मुनाफा नबाँड्ने
वि.सं.२०७९ असोज ११ मंगलवार ११:५६
shares

काठमाडौं, ११ असोज । सुर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई वितरणयोग्य नाफा भए पनि सो नाफा नबाँड्ने भएको हो । उक्त रकम लगानीकर्तालाई वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीको भनाइ छ ।
ज्योति लाईफसँग मर्जरको प्रकृयामा रहेकोले अहिले लाभांश नबाँड्ने कम्पनीले जनाएको छ । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर मर्जरमा अगाडी बढाईरहेका छन् ।

















