Dhulikhel Eco Banner new

नेपाल लाइफले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

3.84K
shares

काठमाडौं, ६ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको कम्पनीको साधारण सभा मंसिर ८ गतेका लागि बोलाएको हो ।

साधारण सभा पर्साको विरजन्जमा आयोजना हुनेछ । सभाले चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ । यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।