टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान भिड्दै
वि.सं.२०७९ कात्तिक ६ आइतवार ०९:१२
shares

काठमाडौं, ६ कात्तिक । विश्व क्रिकेटमा भारत र पाकिस्तान बीचको खेललाई बहुपतिक्षित खेलका रुपमा हेरिन्छ । अेष्ट्रेलियामा जारी प्रतियोगिताको सुपर १२ चरणमा यि दुई टोलीले एक आपसमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।
भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्वका साथ हेरिएको छ । आईसीसीको प्रतियोगितामा अहिलेसम्म यी दुई टोली बीच १३ पटक भेट भएको छ । जसमा भारत १२ पटक र पाकिस्तानले एक पटक जित निकालेको इतिहास रहेको छ ।
पछिल्लो समय आईसीसी प्रतियोगितामा सिमित रहेको छ । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो ।
















