Dhulikhel Eco Banner new

धन्वन्तरी जयन्ती मनाइदै

4.68K
shares

काठमाडौं, ६ कात्तिक । कात्तिक त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रणेता धन्वन्तरीको आज जयन्ती मनाइँदै छ । आयुर्वेदका उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक धन्वन्तरीको जयन्तीका साथै आज देशभर राष्ट्रिय आरोग्य दिवस समेत मनाइँदै छ । धन्वन्तरीलाई भगवान विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाडौंको वैद्यखानामा विशेष पूजा हुन्छ ।