Dhulikhel Eco Banner new

‘काठमाडौं–१ मा ८ हजार भोट भए पुग्छ, हामी १० हजार ल्याएर जित्दैछौँ’

6.01K
shares

काठमाडौं, ६ असोज । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार शंकर बञ्जाडेले चुनावी नतिजा आफ्नो पक्षमा आउने दावी गरेका छन् । केटिएम भ्वाइसलाई अन्तरवार्ता दिदै नेता बञ्जाडेले काठमाडौं क्षेत्र नम्बर १ मा विजयी हासिल गर्ने दावी गरेका हुन् ।

यस क्षेत्रमा ८ हजार भोट ल्याउनेले आगामी निर्वाचन जित्ने उनको पक्षेपण छ । तर आफूले १० हजार मत कटाएर विजयी हुने उनले दावी गरे ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट यस क्षेत्रमा प्रकाशमान सिंह चुनावी मैदानमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस क्षेत्रमा युवा नेता किरण पौडेललाई मैदानमा उतारेको छ ।

कांग्रेस नेता सिंह २०७४ को निर्वाचनमा उनी यही क्षेत्रबाट तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रसँग ८ सय १८ मतले विजयी भएका थिए । मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

बञ्जाडेसहित कांग्रेस बीपीका निषम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत यो क्षेत्रका नयाँ प्रतिस्पर्धी अनुहार हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा युवाको संख्या ठूलो रहेको र सचेत मतदाताहरु पनि यस क्षेत्रमा रहेकाले आफ्नो पक्षमा माहोल बनेको उनको दावी छ ।

‘पहिले पनि हाम्रो पार्टीले १० हजार भन्दा बढी मत ल्याएको थियो, यसपटक मत धेरैतिर विभाजन हुने भएकले ८ हजार भए जित्का लागि पुग्छ’ अन्तरवार्तामा उनले भनेका छन्, ‘तर हामी १० हजार बढी मत ल्याएर विजयी हुनेछौँ ।’

हेर्नुस् बञ्जाडेसँगको भिडियो अन्तरवर्ता :