Dhulikhel Eco Banner new

पहिलो त्रैमासिकमा १४ बैंकको लगानीबाट हुने प्रतिफलमा गिरावट

5.19K
shares

काठमाडों, २५ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरुको लगानीबाट हुने प्रतिफल (आरओई) मा गिरावट आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको विवरण अनुसार १४ वटा बैंकको प्रतिफलमा गिरावट हाएको हो ।

प्रतिफल घट्ने बैंकहरुमा सबैभन्दा बढी सनराइज बैंकको घटेको छ भने सबैभन्दा कम प्रभु बैंकको घटेको छ । बैंक अफ काठमाण्डूको भने स्थिर रहेको छ । सनराइज बैंकको आरओई ६५.६३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ११.७० प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा ६५.६३ प्रतिशतले घटेर ४.०२ प्रतिशतमा सिमित भएको छ । सबैभन्दा कम घटेको प्रभु बैंकको ३.४९ प्रतिशतले घटेको छ । हाल बैंकको आरओई १४.१६ प्रतिशत रहेको छ ।

यस्तै एनएमबि बैंकको आरओई २३.०७ प्रतिशत घटेर १३.४२ प्रतिशतमा पुगेको छ । सानिमा बैंकको १४.८३ प्रतिशत घटेर १३.०१ प्रतिशत, एनसीसी बैंकको ९.८८ प्रतिशत बिन्दुले घटेर १२.८६ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशतले बिन्दुले घटेर १२.१६ प्रतिशत, प्राइम बैंकको २२.२६ प्रतिशतले घटेर १२.६८ प्रतिशत रहेको छ ।

बैकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार माछापुच्छ्रे बैंकको ३०.७१ प्रतिशतले घटेर १२.१०, लक्ष्मी बैंकको १२.६८ प्रतिशतले घटेर ११.९१ प्रतिशत, सिटिजन्स बैंकको ३२.७३ प्रतिशतले घटेर ९.८५ प्रतिशत, सिद्धार्थ बैंकको ५२.३५ प्रतिशतले घटेर ९.१९ प्रतिशत, मेगा बैंकको ४९.३८ प्रतिशतले घटेर ९.११ प्रतिशत र कृषि विकास बैंकको ५७.७८ प्रतिशतले घटेर २.६१ प्रतिशत रहेको छ ।

१४ वटा बैंकको आरओई घटेपनि केही बैंकको आरओईमा भने सुधार देखिएको छ । एनआईसी एशिया बैंकको २३.५२ प्रतिशतले बढेर २८.०८ प्रतिशत पुगेको छ । यस्तै कुमारी बैंकको ६४.९३ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ५०.६९ प्रतिशत, एभरेष्ट बैंकको ३४.३२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.९६ प्रतिशत, नेपाल एसबीआई बैंकको ५२.६२ प्रतिशतले बढेको छ । यस्तै सिभिल बैंकको २६.३७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको १४.४१ प्रतिशत, ग्लोबल आइएमई बैंकको २६२.०२ र सेन्चुरी बैंक बैंकको ५.९ प्रतिशतले बढेको छ ।