एनसीसी बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन
वि.सं.२०७९ कात्तिक ३० बुधवार ०८:२४
shares

काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । बैंकको साधारण सभा मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको थियो । तर सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उम्मेदवार रहेका व्यक्ति बैंकको सञ्चालक रहेको भन्दै बैंकले साधारण सभा स्थगित गर्न निर्देशन दिएको हो ।
मौन अवधि सुरु भइसकेपछि ठूलो संख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको जनाएको छ । निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले निर्देशन दिएको हो ।
















