GBIME

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस

1.13K
shares

काठमाडौं, २९ कात्तिक । अछाम जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार भुकम्प गएको छ । अछाम बाबाला केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ८ मिनेटमा ४.२ रेक्टर स्केलको भुकम्प भएको हो ।

केही दिन अघि डोटी केन्द्रबिन्दु भएर गएको भुकम्पमा ६ जनाको मृत्यु भएको थियो । त्यसको केही दिन पछि पुन बाजुरा केन्द्रविन्दु भएर भुकम्प गएको थियो । लगाता रुपमा भुकम्प गइरहँदा सुदुरपश्चिम तथा कर्णाली प्रदेशका स्थानीय त्रसित बनिरहेका छन् ।

भुकम्पका धक्का कर्णाली र सुदुरपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । मानिसहरु भुकम्प पछि घर बाहिर निस्कीएका थिए ।