नेपाल र पाकिस्तान बुधबार आमनेसामने हुँदै
वि.सं.२०७९ कात्तिक २९ मंगलवार २०:१३
shares
फाइल तस्बिर
काठमाडौं, २९ कात्तिक । नेपाल र पाकिस्तान बीच भोलि (बुधबार) मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा हुँदैछ । दुई देश बीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
विश्व फुटबल महासंघको प्रतिबन्धपछि पहिलो खेल खेल्न लागेको पाकिस्तान विरुद्ध नेपाली टोलि निश्चित जितका लागि मैदानमा उत्रने प्रशिक्ष प्रवेश कटुवालले बताएका छन् । दशरथ रंगशालामा हुन लागेको यो नेपालको ५० औँ खेल हो । घरेलु मैदानमा ५० खेल खेल्दा नेपाल करिब तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानलाई हराउने लक्ष्यमा रहेको छ ।
पाकिस्तानविरुद्धको खेलअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताएका छन् । नेपाल र पाकिस्तानबीच इतिहास हेर्दा पाकिस्तानले धेरै खेल जितेको छ । हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ४ खेल मात्रै जितेको छ भने ७ खेलको नतिजा पाकिस्तानलाई सुम्पिएको छ । ५ खेल भने बराबरीमा सकिएका छन् ।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २–२ गोलको बराबरी खेलेको थियो ।
















