Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेण्ट बैंकले गर्यो लाभांश घोषणा

3.93K
shares

काठमाडौं, ३० कात्तिक । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ३ दशमलव ३९ प्रतिशत नगद लाभांश र १२ दशमलव ६१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।