मेगा बैंकले ७.८३ प्रतिशत लाभांश वितरण गर्ने
वि.सं.२०७९ कात्तिक ३० बुधवार १२:१८
shares

काठमाडौं, ३० कात्तिक । मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।
हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । अघिल्लो आव २०७७÷७८ बाट बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
















