Dhulikhel Eco Banner new

युएई विरुद्धको दोस्रो एकदिबसिए खेलमा नेपाललाई १९२ रनको लक्ष्य

4.04K
shares

काठमाडौं, ३० कात्तिक । युएई विरुद्धको दोस्रो एकदिबसिए क्रिकेटमा नेपालले १९२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा १९१ रनमा अलआउट भएपछि नेपालले १९२ रनको सामान्य लक्ष्य पाएको हो ।

युएईका लागि मोहम्मद वसीमले सर्वाधिक ५० रनको पारी खेले । त्यस्तै अलिशान शराफुले ३५ रनको योगदान दिए । वृत्य अरविन्द २५ रन बनाए भने बासिल हमिद २४ रनको पारी खेले । युएईलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि सोमपाल कामी र ललित नारायण राजवंशीले समान ३–३ विकेट लिए । त्यस्तै करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाललाई सिरिज जित्ने सम्भावना कायम राख्नका लागि आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । तीन खेलेको सिरिज खेल्न युएईको टोलि अहिले नेपाल भ्रमणमा रहेको छ । दुई टोलि बीचको अन्तिम खेल शुक्रबार हुनेछ ।