स्नातक तह पहिलो वर्षको परीक्षाफल १५ महिना पछि सार्वजनिक
वि.सं.२०७९ कात्तिक ३० बुधवार १२:४७
3.74K
shares
shares

काठमाडौं, ३० कात्तिक । २०७७ सालमा स्नातक तह प्रथम वर्षमा भर्ना भएर २०७८ साल साउनमा परीक्षा दिएका विद्यार्थीको परीक्षाफल प्रकाशन गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा लिएको १५ महिनापछि परीक्षाफल प्रकाशन गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले कोभिडको समयमा विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेकाले नतिजा प्रकाशनमा समय लागेको बताउँदै आएको थियो । लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरुले चाँडो नतिजा सार्वजनि गर्न माग गर्दै आएका थिए ।
















