Dhulikhel Eco Banner new

नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढ्यो

3.98K
shares

काठमाडौं, ३० कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले २३ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष कोषको खुद नाफा १७ दशमलव ९९ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म कोषले १९ करोड ७२ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कोषको कुल आम्दानी १७ दशमलव ९५ प्रतिशतले बढेको छ । गत वर्ष ३३ करोड ९७ लाख रहेको कुल आम्दानी रकम यस वर्ष ४० करोड ६ लाखभन्दा बढी भएको छ । कुल खर्च पनि यस वर्ष १७ दशमलव ८० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू। ७ करोड ६७ लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू। ९ करोड ३ लाखभन्दा बढी कुल खर्च गरेको छ ।

३० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ४ अर्ब २५ करोड १० लाख पुरर्‍याएको कम्पनीको शेयर प्रिमियममा ७७ दशमलव ५६ प्रतिशत कम २८ करोड ३८ लाख रकम कायम भएको छ ।

कोषले यो त्रैमासमा १ खर्ब ९९ अर्ब ३६ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी रकम गत वर्षको यसै अवधिसम्म १ खर्ब ७८ अर्ब ६५ करोड रहेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ दशमलव ९० रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ दशमलव शून्य ५ छ ।