Dhulikhel Eco Banner new

कञ्चनपुर २ को प्रदेशसभा १ मा माओवादी विजयी

3.73K
shares

काठमाडौं, ७ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा को प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट सरल विजयी भएका छन् । सो निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रका भाटले १० हजार नौ सय २५ मत प्राप्त गरेका छन् । उनले चार सय ७५ मतको अन्तरले जित हासिल गरेका हुन । भाटका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका वचनबहादुर सिंहले १० हजार चार सय ५० मत मात्रै ल्याउन सफल भए ।