अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ : गभर्नर अधिकारी
वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:५५
shares
फाइल फोटो
काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्तमा क्रमिक सुधार भइरहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सबका कार्यक्रममा बोल्दै गर्भनर अहिले अर्थतन्त्र तुलनात्मक रुपमा सहज अवस्थामा देखिएको बताएका हुन् ।
गत आर्थिक वर्षमा तीब्र रुपमा दबाव झेलेका नेपालको अर्थतन्त्रल चालु आर्थिक वर्षमा शोधानान्तर बचतमा गएको भन्दै अवस्था सकारात्मक बन्दै गएको उनको भनाइ थियो । केही मात्रामा समस्या रहेको भने गर्भनर अधिकारीले स्वीकार गरेका छन् ।
त्यस्तै चालू पुँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा खुला बहस गर्न समेत नेपाल राष्ट्र बैंक तयार रहेको उनको भनाइ थियो । ‘आउनुस्, हामी खुला बहस गरौं, हामी सबै नियम भित्र बस्नु प¥यो भन्ने चाहन्छौं,’ उनले भने । अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न आवश्यक रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
















