Dhulikhel Eco Banner new

सानीमा बैंकको शेयर मूल्य समायोजन

4.42K
shares

काठमाडौं, १९ मंसिर । सानीमा बैंकको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा समायोजन भएको छ । बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

समायोजनपश्चात बैंकको शेयरमूल्य २४७ रुपैयाँ १८ पैसा कामय भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार, बैंकको शेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन बैंकको शेयर कारोबार खुल्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा डाकेको छ ।