त्रिभुवन विमानस्थलमा उडान र अबतरण अवरुद्ध
वि.सं.२०७९ पुस ७ बिहीवार १०:१३
4.34K
shares
shares

काठमाडौं, ७ पुस । बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ । बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो ।
अवतरण हुन नसकेपछि दिल्लीबाट आएका दुई वटा तथा क्वालालाम्पुर र सारजाहबाट आएका एक–एकवटा जहाज अहिले आकाशमा घुमिरहेका छन् । आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुन सक्ने प्रवक्ता सिटौलाले भनाइ छ ।
















