लाभांश पारित गर्न कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
वि.सं.२०७९ फागुन २ मंगलवार १६:०३
shares

काठमाडौं, २ फागुन । कर्पोरेट डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २२ गते बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।



















