Dhulikhel Eco Banner new

घरेलु सिरिजका लागि नेपाली टोली घोषणा

4.54K
shares

काठमाडौं, २४ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । घरेलु मैदानमा हुने युएई पपुवा न्युगिनीसँगको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलिसँग युएई गएका सन्दीप जोरोलाई भने नेपाली टोलिको रिजर्भ खेलाडीमा राखिएको छ । नेपाली टोलिको नेतृत्व रोहितकुमार पौडेलले नै गर्ने छन् । युएई गएका र पछि सन्दीप लामिछानेले विस्थापित गरेका श्याम ढकाल पनि रिजर्भ खेलाडीमा रहेका छन् । त्यस्तै अर्जुन साउद र कमलसिंह ऐरी पनि रिजर्भमा नै रहेका छन् ।

यही फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिज हुने छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, सोमपाल कामी, गुलसन झा, भीम शार्की, ललित राजवंशी ।