उपराष्ट्रपतिबारे १० दलमा बनेन साझा धारणा : भोलि पुन: बैठक बस्ने
वि.सं.२०७९ चैत २ बिहीवार १०:३९
shares

काठमाडौं, २ चैत्र । सत्तारुढ १० दलीय गठबन्धनको उपराष्ट्रपतिको साझा उम्मेदवार को हुने भन्नेबारे ठोस सहमति हुन सकेन । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले, बैठकमा मुख्यतया उपराष्ट्रपतिमा साझा धारणा बनाउनेबारे छलफल भएको बताए । तर ठोस सहमति नभएको उनको भनाई छ ।
उनले भने ‘अब पार्लीयामेन्ट सुरु हुदैँछ पार्लीयामेन्ट सुरु भएपछि गठबन्धनको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषय सामान्य छलफलका विषय थिए भने विशेषत उपराष्ट्रपति निर्वाचनको निम्ति १० दलीयको बीचमा सहमति कायम गर्ने विषयमा छलफल भएको थियो । छलफल सकरात्मक भएको छ र भोलि यो विषयमा बसेर एउटा अन्तिम धारणा बनाउने निर्णय भएको छ ।’
भोलि आवश्यकता अनुसार विभिन्न दलबीच छलफल हुने र आवश्यक परे १० दलको बैठक बस्ने उनको भनाई छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा गठबन्धनमा छलफल सुरु भएको पनि उनले जानकारी दिए ।


















