Dhulikhel Eco Banner new

मेयरको एसईई परीक्षा दिइरहेका इन्जिनियर पक्राउ

5.3K
shares

जनकपुरधाम, १९ चैत । रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट कमललाई पक्राउ गरेको हो । मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको छन् ।

पक्राउ परेका नक्कली परीक्षार्थी साह मेयर कानुका ज्वाइँ नातामा पर्छन । उनी नगरपालिकाका इन्जिनियर समेत हुन् । रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावली अनुसार कारबाही हुने बताए ।