Dhulikhel Eco Banner new

वैदेशिक सञ्चितिमा सुधार आएको छ : अर्थमन्त्री महत

5.85K
shares

काठमाडौं, २८ चैत । अर्थमन्त्री डा. रामशरण महतले पुँजीगत खर्चलाई प्रभावकारी बनाउने तर्फ सरकार लागिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा बोल्दै मन्त्री महतले अनावशक खर्च कम गर्दै पुँजीगत खर्च बढाउने बताएका हुन् ।

लगानीको वातावरण बनाउनका लागि सरकार लागिरहेको पनि मन्त्री महतको भनाइ थियो । विदेशी र आन्तरीक लगानीलाई सुनिश्चित गरेर पुँजी वृद्धि गर्ने तयारीका साथ काम गर्ने लक्ष्यमा राज्य लागेको उनको भनाइ छ । यो अवस्थामा निजी क्षेत्रका सहयोगको अपेक्षा रहेको उनले बताए ।

सबै क्षेत्रमा समस्या रहेको भन्दै यो सबै समस्यालाई समाधान गर्नु पर्ने अर्थमन्त्री महतको भनाइ थियो । ‘हामीसँग पनि समस्या रहेको छ । कम समय रहेकाले त्यहि अनुसार काम गरिरहेका छौँ,’ उनले भने । व्यापार भन्दा लगानी क्षेत्र तर्फ लाग्नु पर्ने मन्त्री महतको भनाइ थियो ।