प्रभु बैंकले ल्यायो ५० लाख डलर ऋण, विद्युतीय सवारीमा लगानी गर्ने तयारी
वि.सं.२०८० जेठ २२ सोमवार ११:१३
shares

काठमाडौं, २२ जेठ । प्रभु बैंकले लक्जेम्बर्गको ‘माइक्रो स्मल एण्ड ईन्टरप्राईजेज बन्ड एस ए’ बाट रु ५० लाख डलर ऋण लिएको छ । विश्व वातावरण दिवसका अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ऋण सुबिधा बापत लक्जेम्बर्गको ‘माइक्रो स्मल एण्ड ईन्टरप्राईजेज बन्ड एस ए’ बाट रु ५० लाख रुपैयाँ प्राप्त गरेको हो ।
बैंकका प्रमुख सुचना अधिकारी मनिराम पोखरेलले ४६ महिनाको लागि बैककले उक्त ऋण लिएको बताए । उनले भने,‘ हाइड्रोपावर, इलेक्ट्रिक सवारी साधन जसले गर्दा वातावरण प्रदुषण नहुने क्षेत्रको लागि र विशेष गरी विद्युतीय सवारी साधनको लागि बैंकले यो ऋण लिएकाने हो, उक्त ऋण ४६ महिना अवधिको लागि मात्रै लिइएको हो ।’
जलवायु परिवर्तनले आक्रन्त विश्व, यस्को प्रभावबाट मुक्ति पाउन प्रयासरत छ। प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराईने बैंकले जनाएको छ।



















