Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम १ अर्ब ७३ करोड

5.16K
shares

काठमाडौं, २३ साउन । पछिल्लो समय लगातार रुपमा शेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको कारोबारको तेस्रोदिन आज शेयर बजार २८ दशमलव ४० अंक घटेको छ । २८ अंकले घटेको शेयर बजार परिसूचक २०१९ दशमलव ८५ विन्दुमा पुगेको छ ।

मंगलबार २६५ कम्पनीका ४८ लाख ६० हजार ७४१ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ४ दशमलव ८६ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८५ दशमलव ५६ विन्दुमा पुगेको छ ।