सेञ्चुरीको ऋणपत्र बाँडबाँट
वि.सं.२०७९ जेठ १० मंगलवार १४:२६
shares

काठमाडौं, १० जेठ । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नाम दिइएको ऋणपत्र मंगलबार बाँडफाँट गरिएको हो ।
बैंकले प्रतिऋणपत्र अंकित मुल्य १ हजारका दरले २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र मध्ये ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणका लागि र १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा बिक्री गरेको थियो ।
यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा जनाइए अनुसार बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट भएको हो ।
बैंकले सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १० हजार कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्फत आवेदन दिए थिए । जसमध्ये २ हजार २७२ जना आवेदकहरुबाट ७८ हजार ७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएको थियो ।
१० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २ हजार २६२ जना आवेदकहरुबाट प्राप्त ७८ हजार ३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरेका थियो ।
माग बमोजिम नै अर्थात २१ लाख ११ हजार ६३० कित्ता डिबेन्चरका लागि दरखास्त परेकाले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर बाँडफाँट गरेको हो ।
















