एनआईसी एशियाको डेपुटी सीईओ राठी नियुक्त
वि.सं.२०७९ जेठ १० मंगलवार १९:४३
4.59K
shares
shares

काठमाडौं, १० जेठ । एनआईसी एशिया बैंकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
उनलाई २०७९ साउन १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
बैंकको जेठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।


















