Dhulikhel Eco Banner new

‘विद्यार्थीले पढ्दा पढ्दै आफ्नो भविष्यको बारेमा सोच्नुपर्छ’

27.33K
shares

काठमाडौं, १४ असोज । गरिमा विकास बैंकका जाेखिम व्यवस्थापन विभाग प्रमुख दिपकराज भण्डारीले उच्च माध्यमिक तह अध्ययनरत विद्यार्थीहरुले पढ्दापढ्दै आफ्नो भविष्यको बारेमा सोच्नुपर्ने बताएका छन् ।

पर्वत हिमालय माध्यमिक विद्यालयमा आयोजित वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  फजुल खर्च गर्न नहुने बताएका हुन् ।

कार्यक्रममा उनले बैंक वित्तीय संस्थाको बारेमा सम्पुर्ण जानकारी गराएका थिए । उनले केन्द्रिय बैंकले नियमन गर्ने ४ प्रकारका बैंक तथा वित्तीय संस्थामा बचत गर्दा आफ्नो बचत सुरक्षित हुने भन्दै त्यस्ता संस्थामा बचत गर्न आग्रह समेत गरेका थिए ।

उनले बैंकिङ कसुरबाट बच्च पहिले नै आफू सचेत हुनुपर्ने जानकारी दिए । हिजोआज विभिन्न चिट्ठा परेको कुरा गर्दै ठग्ने प्रवृत्ति बढेको भन्दै उनले आफुले कहिँ कतै  चिट्ठा नभरी नपर्ने कुरा बुझ्न आग्रह गरे ।

उनले ऋण लिने कुरामा के कामका लागि, किन, कति र आफ्नो सम्पत्तिले भ्याउने जति लिनुपर्ने बताए । साथै उनले ऋणको प्रक्रिया बुझेर मात्रै ऋण लिनुपर्ने बताए ।

भण्डारीले सानो-सानो बचतबाट पनि शेयर किन्न सकिने धारणा राखे। उनले बैंक खाता खोलेर शेयरमा लगानी गर्न सकिने पनि जानकारी गराएका थिए ।