Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार राति १२ बजेदेखि लागु हुने

9.97K
shares

काठमाडौं, १४ असाेज। आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि निगमले एक सूचना प्रकाशित गर्दै  जानकारी गराएको हो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।