Dhulikhel Eco Banner new

सि.जी. इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरहरुलाई दुवई भ्रमण गरायो

14.55K
shares

काठमाडौं, १४ असोज । सि.जी. इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरहरुलाई दुवई भ्रमण गराएको छ । यो बैदेशिक भ्रमण ५ दिनको रहेको थियो, जसमा नेपालका प्रमुख डिलरहरुको सहभागिता रहेको थियो ।

पोखराका न्यु साउण्ड एण्ड भिजन का प्रोप्राईटर मनहोर श्रेष्ठले सि.जी. इलेक्ट्रोनिक्सप्रति आभार व्यक्त गर्दै यस्ता किसिमका भ्रमणहरुले डिलरहरुको मनोबल उच्च हुने तथा आगामी दिनहरुमा कम्पनीले यस्ता किसिमका भ्रमणहरु निरन्तर गरिरहनेछ भन्ने कुरामा विश्वस्त रहेको जानकारी दिए ।

प्रत्येक वर्ष नेपालभरीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथ साथै ब्राण्डका प्रवद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । साथै परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सि.जी. इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई दुवई भ्रमणमा लगिएको विज्ञप्तिमा समावेश गरिएको छ ।