स्वेत गंगा हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति
वि.सं.२०७९ जेठ ११ बुधवार १७:३६
7.48K
shares
shares

काठमाडौं, ११ जेठ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडलाई ३९ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई आईपीओ निष्कासन गर्न जेठ ११ गते सेबोनले अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।















