Dhulikhel Eco Banner new

सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न १ लाख १६ हजार खर्चनु पर्ने

5.94K
shares

काठमाडौं, १० कात्तिक । मंसिर महिना आउनु अगावै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको मूल्य अनुसार छापावाला सुन एक तोला खरिद गर्न एक लाख १६ हजार रुपैयाँ खर्चनु पर्नेछ । शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

शुक्रबार दशै पछि पहिलो कारोबार मूल्य तोकिएको हो । दशै अघिसम्म भएको अन्तिम कारोबार मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँ थियो । मंसिरसम्ममा सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको छ ।