बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ १ सोमवार ११:२१
702
shares
shares

काठमाडौं, १ भदौ । स्थानीय बजारमा सोमंबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमंबार सुनको मूल्य १ हजार ६ सयले बढेको छ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला ३ लाख ५ हजार २ सयमा कारोबार भएको सुन सोमंबार बढेर प्रतितोला ३ लाख ६ हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी, सोमंबार चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आइतबार ४ हजार ७ सय १० मा कायम भएको चाँदी बढेर आइतबार ४ हजार ७ सय ७० मा कायम भएको हो ।














