सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८३ भदौ २ मंगलवार ११:१२
754
shares
shares

काठमाडौं, २ भदौ । स्थानीय बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख ६ हजार ८ सयमा कारोबार भएको सुन मंगलबार पनि सोहि मूल्य कारोबार भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । सोमंबार ४ हजार ७ सय ७० मा कायम भएको चाँदी घटेर मंगलबार ४ हजार ७ सय ५५ मा कायम भएको हो ।
















