Dhulikhel Eco Banner new

एकैदिन काठमाडौंमा ५२ हजार सिलिन्डर ग्यास बिक्री

650
shares

काठमाडौं,२ भदौ । देशभर एलपी ग्यासको बिक्रीवितरण उल्लेख्य रूपमा बढेको छ । नेपाल आयल निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्रीवितरण भएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण गरिएको निगमले जनाएको छ । निगमका अनुसार काठमाडौं उपत्यकामा आज हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्रीवितरण भएको हो ।

पछिल्ला दिनको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको छ । आपूर्ति बढेसँगै बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको छ ।