Dhulikhel Eco Banner new

‘अर्थतन्त्रको वर्तमान अवस्था गत वर्षको तुलनामा मजबुत छ’

5.6K
shares

काठमाडौं, ८ मसिंर । असोज मसान्तसम्मको तथ्यांक हेर्दा आर्थिक गतिविधिहरु त्यति राम्रो भएको देखिँदैन । दशैं तिहार जस्ता चाडवाडले अर्थतन्त्र चलायमान हुन्छ नै । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल चाडवाड सकिएसँगै डिमान्ड बढ्ने र विकास निमार्णका कामहरु हुँने हुँदा कर्जाको डिमान्ड बढ्नेमा ढुक्क छन् । उनै पोखरेलसँग केटीएम भ्वाइसकर्मी दिक्षा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश : 

तपाईको नजरमा अर्थतन्त्रको वर्तमान अवस्था कस्तो छ ?

अर्थतन्त्रको वर्तमान अवस्था १२ वटै सेक्टरको कुरा गर्दा रियल सेक्टर भनेका जीडीपी, लगानीका सेक्टरहरु छन् त्यसमा भर्खरै अलिकति रिकभरीको चरणमा जादैछ भन्ने हेर्न सकियो । एक्सट्रनल सेक्टरको कुरा गर्दा एकदमै राम्रो भई रहेको छ । इन्पोर्ट धेरै बढेको छैन । ओभरअल हेर्दा एकदम राम्रो छ । गत वर्षको तुलनामा अलिकति कम हो तर पनि धेरै कम चाँहि होइन । किनभने ६.५ प्रतिशतको लक्ष्य राखेका छौ त्यो भन्दा माथि जान नदिने राष्ट्रि बैंकले भनेको छ तर यो १,२ महिना को हेरेर हुदैँन यो त ओभरअल वर्ष भरीको औसतमा त्यति भन्दा माथि जान नदिने भन्ने हो । त्यसैले गत वर्षको तुलनामा मजबुत नै छ राम्रो छ भन्न सकिन्छ ।

खासगरी दशैं तिहार जस्तो चाडवाडले अर्थतन्त्रलाई कस्तो असर गर्छ ?

दशैं तिहारको बेला उपभोग बढ्ने, माग सिर्जना हुने हुन्छ त्यसले गर्दा अरुबेलाको तुलनामा इकोनमी एक्टिभिटी अलि बढ्ने हुन्छ । दशैं तिहारको समयमा कस्तो प्रकारको एक्टिभिटी बढ्यो र कहाँ असर पार्यो भन्ने चाहिँ हामीले १ महिना पछि मात्र हेर्न सक्छौं । असोज मसान्तसम्मको तथ्याङ्क हाम्रो हातमा छ । असोज मसान्त सम्मलाई हेर्ने हो भने इन्फ्लेसन इकोनमी एक्सिभिटी भर्खरै शुरु भएको छ । पहिलो चरणमा आर्थिक गतिविधीहरु त्यति धेरै माथि जान सकेको छैन तर अब इन्फ्लेसनको कुरा गर्दा गत वर्ष ३ महिनाको असोज मसान्तमा ८.५ प्रतिशत इन्फ्लेसन थियो भने अहिले ६.५ प्रतिशत छ । गत वर्षसँग तुलना गर्दा राम्रो छ ।

अब त चाडवाड पनि सकियो ? अबका दिनहरु अर्थतन्त्रका लागि कस्तो होला ?

चाडवाड भन्दा अगाडी बर्खा थियो, अब चाडवाड पनि सकियो । अब अलिकति डिमान्ड बढ्ने, विकास निमार्णका कामहरु बढ्ने हुनु पर्ने हो । त्यहि अनुसारले कर्जाको डिमान्ड पनि बढ्दै जान्छ भन्ने आशा छ । अघिल्लो महिना भन्दा डिपोजिटमा ब्याजदर अलिकति घटेको अवस्था छ । यसले गर्दा विस्तारै कर्जामा पनि यो रिफ्लेक्ट भयो भने ब्याजदर पनि अलिकति घट्ने र त्यसले गर्दा कर्जाको डिमान्ड पनि बढ्ने हुन्छ । हामीसँग तरलता पनि प्रयाप्त हुने र ब्याजदर पनि घट्यो भने कर्जाको डिमान्ड बढेर आर्थिक गतिविधिको स्तर अगाडी बढ्ला कि भन्ने एउटा अनुमान गर्न सकिन्छ ।

वित्तीय क्षेत्रको मात्रै कुरा गर्दा अहिलेको अवस्था कस्तो छ ? बैंकहरु सहज अवस्थामा छन् ?

वित्तीय क्षेत्रको अवस्था राम्रो छ । हामीले जुन बाहिर सुनिरहेका छौं, गत वर्ष भन्दा यसपाली बैंकहरुले कम नाफा गरे भन्ने कुरा चाहिँ के हुन्छ भने मार्जिन धेरै बढेको पनि होइन, मार्जिन अलि बढेको कारणले पनि होला । कर्जाहरु पनि राम्ररी विस्तार हुन नसकेका कारणले बैंकहरुको अवस्था अलिक कमजोर भएको हो । बैंकहरु घाटामा गएका त होइनन्, नाफा कम भएको अवस्था हो । त्यसले गर्दा बैंकिङ सेक्टर कमजोर भएको होइन तर अब अलिकति तुलनात्मक रुपमा हेर्ने हो भने कम नाफा भएको छ ।

बैंकहरुले लगानी कस्तो गरिरहेका छन् ? तरलता त अहिले सहज नै होला ?

अहिले तरलता एकदम सहज छ । लगानी पनि बैंकहरुले आ–आफ्नो सेक्टरमा जति लगानी गर्नुपर्ने हुन्छ । मिनिमम राष्ट्र बैंकले तोकेका सेक्टरहरुमा लगानी भइरहेका छन् । त्यो भन्दा बाहेक घर जग्गाहरुमा धेरै लगानी हुन सकिरहेको छैन । अब प्रोडक्सन सेक्टरमा लगानी भयो भने चाहिँ अर्थतन्त्रको विकाशमा सहयोग पुर्याउँछ । अहिलेको अवस्था हेर्दा बैंकिङ सेक्टरको लगानी कहाँ गइरहेको छ भनेर इन्डिभिज्वल रुपमा कहाँ कहाँ बाट कुन कुन सेक्टरमा कति लगानी गरेको छ भनेर हाम्रो ३ महिनाको तथ्यांक निस्किसकेको छ त्यहाँबाट हेर्न सकिन्छ ।

वित्तीय स्थायित्व कायम राख्नका लागि केन्द्रीय बैंकले के गर्दै छ ?

वित्तीय स्थायित्वको लागि केन्द्रीय बैंकले विभिन्न विवेकशिल नियमनहरु लागू गरेको छ । कर्जा सम्बन्धी, कर्जा वर्गिकरण सम्बन्धी, ब्याज लोन सम्बन्धी नयाँ रेगुलेसन जारी भएको छ, त्यो माघदेखि लागू हुन्छ ।

अहिले बैंकहरुको नाफा घटेको छ, कृषि विकास बैंक त घाटा मै गयो यसले कस्तो संकेत गर्छ ?

यो खास केही होइन हाम्रो लोनको क्वालेटिमा थोरै स्ट्रेस भयो । पहिलो त्रैमासमा आर्थिक गतिविधि अलिकति संकुचन भयो त्यो कारणले बैंकहरुको नाफा घटेको हुनुपर्छ ।

बैंकहरु घाटामा गएका त होइनन्, नाफा कम भएको अवस्था हो । त्यसले गर्दा बैंकिङ सेक्टर कमजोर भएको होइन तर अब अलिकति तुलनात्मक रुपमा हेर्ने हो भने कम नाफा भएको छ ।

दोस्रो त्रैमास बैंकहरुको लागि कस्तो रहँला ?

अहिले लिक्युडिटीको अवस्था पनि प्रयाप्त छ । चाडवाड, बर्खा पनि सकियो । हाम्रो एउटा सिजन हुन्छ काम गर्ने पनि । विकास निर्माणहरु हुन थाले भने डिमान्ड बढ्नुपर्छ । कर्जाको डिमान्ड बढ्नुपर्छ । अबका दिन हिजोको भन्दा राम्रो हुनुपर्ने अर्लि इन्डिकेटर्सहरुले त्यहि देखाउँछ । त्यसमा केही कन्डिसनहरु छन् त्यो के हुन सक्छ भने इन्टरनेशनल प्राइज मोमेन्ट भयो, जियो पोलिटिकल कुराहरु भए, वारका कुराहरु, इन्डियाको क्राइसिसको कुरा र नेपाल सरकारले बजेटमा जुन गरेको थियो त्यो अमाउन्टको खर्च गर्ने वा पुँजीगत खर्चको अवस्था कस्तो हुन्छ यि सारा कुराहरु राम्रो भएको अवस्थामा अहिलेका अर्लि इन्डिकेटरर्सहरु हामीले ३ महिनाको तथ्याङ्क सार्वजनिक गर्योै । अबको दिनमा पोजेटिभ आउटपुट छ भन्ने देखिन्छ ।

महंगी बढिरहेको छ, तपाईलाई के लाग्छ, मुद्रास्फिति राष्ट्र बैंकले तोकेको सीमा भित्र रहन्छ यो वर्ष ?

महंगी एकदम बढेको छ नभनौं । रिलेटिभ्लि बढेको छ । कुन समयसँग कम्पेयर गर्ने भन्ने कुरा हो । गत वर्ष भन्दा चाहिँ अहिले कम छ । अब हामी सगँ अझै ९ महिना बाँकी छ । जियो पोलिटिकल स्थितिहरु राम्रो रह्यो भने र इन्टरनेशनल इकोनमी इम्प्रुभमेन्टमा गएछ भने आगामी दिनमा हामीले ६.५ प्रतिशत इन्फ्लेसन मेन्टेन गर्ने त्यो भन्दा माथि जान नदिने भन्ने छ । त्यो लगभग त्यही अराउन्डमा बस्छ भन्ने लाग्छ । अहिले १ महिना २ महिनाको हेरेर भएन एभरेजमा वर्ष भरिको औषत हेर्ने हो भने अझै हामीसँग ९ महिना बाँकी छ । आगामी दिनमा अर्थतन्त्रले थप गति लिनुपर्ने हो भन्ने अनुमान गर्न सकिन्छ ।